१६ चैत २०८०, शुक्रवार
(नेपाली समय)
१६ चैत २०८०, शुक्रवार
नेपाली समय

बडीमालिकामा उपचार सहायता कोष

बाजुरा, ३१ जेठ (रासस) ः बाजुराको बडीमालिका नगरपालिकाले उपचार सहायता कोष स्थापना गर्ने भएको छ । 

नगरपालिकाभित्र रहेका विपन्न गरीब र असहाय व्यक्तिलाई आर्थिक अभावमा उपचार गर्न नपाएकाका लागि उक्त कोषको स्थापना गर्न लागिएको बडीमालिका नगरपालिकाका नगर प्रमुुख पदम बडुवालले बताउनुभएको छ । 

जिल्लाको सदरमुकामभित्र रहेको नगरपालिकामा आर्थिक अभावले उपचार नपाएर मृत्यु हुने गरेको र कतिपयले जीवनभरि अपांगताका साथ बाँच्नुपर्ने बाध्यतालाई हटाउन कोष स्थापना गर्ने नगरपालिकाले निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दामोदर जोशीले जानकारी दिनुभएको छ । 

विपद्मा परेका र अन्य दुर्घटनामा परेकाको उपचार गर्नका लागि मस्यौदा गर्न कार्यदल बनाएको छ । उपचार सहायता कोषका लागि मस्यौदा कार्यदल बनाइएको बडीमालिका नगरपालिकाले जनाएको छ । 

उपचार सहायता कोष निर्माणका लागि मस्यौदा बनाई प्रक्रियामा ल्याएर कोष स्थापना गरिने बताइएको छ । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds