१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

बागलुङमा थप ११ मा कोरोना पुष्टि

बागलुङ : जिल्लामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा मंगलबार बिहान जिल्लाको पश्चिम निसीखोलाका ३ जना र बरेङ गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

निसीखोला गाउँपालिकाका २१, २६ र २७ वर्षीय पुरुष, बरेङ गाउँपालिकाका २४, २२, १८, २४, १८, २३ र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद विन्दु शर्माले जानकारी दिए । योसँगै बागलुङमा संक्रमितको संख्या ४० पुगेको छ ।

संक्रमित हुनेहरु सबै भारतबाट आएका हुन्् । जसमा  शुरुवातमा संक्रमित भएका बागलुङ नगरपालिकाका २ जना निको भएर घर फर्किएका छन्।१९ जनाको धौलागिरी अस्पतालको आइशोलेसन कक्षमा उपचार भइरहेको छ । २४ बेडको आइसोलेसन रहेको धौलागिरी अस्पतालले नथेग्ने भएपछि धौलागिरी क्याम्पसमा प्रि–आइसोलेसन तयार गरेर बडिगाडका–९ जनालाई राखिएको छ  । ढोरपाटनको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक जनालाई राखिएको छ ।  

नयाँ संक्रमण पुष्टि भएका बरेङ गाउँपालिकाका ८ जनालाई सदरमुकामस्थित धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा ल्याउने र निसीखोलाका ३ जनालाई ढोरपाटनको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राख्ने गरी समन्वय भइरहेको जिल्ला कमाण्ड पोस्ट बागलुङका प्रमुख गौलोचन शैजुले जानकारी दिए । 

साभार: अन्नपूर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds