१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

३२ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार १९५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३११ जनाको मृत्यु भएको हो ।

त्यस्तै अहिलेसम्म कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या अहिलेसम्म भारतमा तीन लाख २० हजार ९२२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ११ हजार ९२९ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख चार हजार ५६८ संक्रमित फेला परेका छन् भने तीन हजार ८३० जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ४२ हजार ६८७ संक्रमित फेला परेका छन् भने ३९७ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ३८ हजार ९५८ जना संक्रमित भेटिँदा एक हजार २७१ जनाको मृत्यु भइसकेको छ । गुजरातमा २३ हजार ३८ संक्रमित फेला परिसकेका छन् भने एक हजार ४४८ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १३ हजार ११८ संक्रमित फेला परेका छन् भने ३८५ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा १० हजार ६९८ संक्रमित भेटिएका छन् भने ४६३ जनाको मृत्यु भइसकेको छ । बिहारमा ६ हजार २९० संक्रमित फेला परेका छन् भने ३९ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ६२ हजार ३७९ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

साभार :अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds