१६ चैत २०८०, शुक्रवार
(नेपाली समय)
१६ चैत २०८०, शुक्रवार
नेपाली समय

मकै पकेट क्षेत्रका कृषकलाई सामग्री हस्तान्तरण

जाजरकोट, ३१ जेठ ९रासस० ः मकै पकेट क्षेत्रका कृषकलाई बीउ उत्पादनमा प्रयोग हुने सामग्री हस्तान्तरण गरिएको छ । 

भेरी नगरपालिका–२, तिमिलेका कृषकलाई मकैको बीउ उत्पादनमा प्रयोग हुने विभिन्न सामग्री नगर उपप्रमुख भावना भण्डारीले हस्तान्तरण गर्नुभएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गत उक्त सामग्री कृषकलाई उपप्रमुख भण्डारीले हस्तान्तरण गर्नुभएको हो । मकै पकेट सञ्चालक समिति, तिमिलेका ३१ घरपरिवारलाई सिटविन, कर्नसेलर तथा मकै सुकाउने पाल दिइएको हो । ३१ सेटमा रहेका १०५ वटा मकैको बीउ राख्न प्रयोग गरिने सिट विन, २१ वटा हाते कर्नसेलर र ३० वटा मकै सुकाउन प्रायेग गरिने त्रिपाल कृषकलाई हस्तान्तरण गरिएको छ । 

मकै पकेट सञ्चालक समिति, तिमिलेका कृषकले १० हेक्टर जमीनमा अढाई क्विन्टल मकैको मूल बीउ रोपेका छन् । 

बीउ उत्पादन राम्रो भए अन्य जिल्लामा निर्यात गर्न सकिने नगर कृषि उपशाखाका निमित्त प्रमुख यज्ञबहादुर अधिकारीले बताउनुभयो । तिमिले मकै उत्पादनको राम्रो क्षेत्र रहेकाले लक्ष्यअनुसारको मकैको बीउ उत्पादन हुने उहाँले विश्वास गर्नुभयो । 

यसैबीच, मकै बीउ उत्पादनसम्बन्धी स्थलगत तालीम मंगलबार तिमिलेमा सम्पन्न भएको छ । मकै पकेट सञ्चालक समितिमा आबद्ध कृषकलाई उक्त तालीम दिइएको हो । मकैको मूल बीउ रोपेका कृषकलाई यसको रेखदेख गर्न तालीम दिइएको निमित्त प्रमुख तथा कृषि प्राविधिक अधिकारीले जानकारी दिनुभयो । 

कृषि प्राविधिक गाउँमै आएर मकैको गोडमेल गर्ने तरिका, झारपात हटाउनेलगायतको प्राविधिक कुरा सिकाएकोमा मकै पकेट क्षेत्र तिमिलेका संयोजक ललित खत्रीले खुशी व्यक्त गर्नुभयो । (तस्बिर उपलव्ध छ) 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds