७ वैशाख २०८१, शुक्रवार
(नेपाली समय)
७ वैशाख २०८१, शुक्रवार
नेपाली समय

यातायातमन्त्रीसँग नुवाकोटका तीन सडक सुधार गर्न माग

काठमाडौँ, ३१ जेठ (रासस) : काठमाडौँबाट नुवाकोटको त्रिशूली बजार हुँदै रसुवागढीसम्म जाने तीन वटा सडक दुरवस्था अन्त्य गर्न नुवाकोटका राजनीतिक दलका नेता एवं नुवाकोटवासीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग आग्रह गर्नुभएको छ । 

टोखा–केरुङ, गल्छी–त्रिशूली र पासाङल्हामु मार्गअन्तर्गत बालाजु–त्रिशूलीका सडक तीन चार वर्षदेखि खनेर छाडिएको र वर्षामा हिलाम्य भई सवारी साधन र मानिसहरुलाई आवतजावत गर्न गाह्रो परेकाले ती बाटामा हाललाई यस वर्षको वर्षा अगावै सुधार गर्न उहाँहरुले अनुरोध गर्नुभयो । 

पूर्वसांसद राजेन्द्र लोहनीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले खासगरी रसुवागढीसम्म जाने छोटो बाटो टोखा–छहरे मार्गको अवस्था बेहाल र जोखिमपूर्ण भएको र यात्राका क्रममा बाटाबाट नै फर्कनुपर्ने स्थिति भएकाले गम्भीरतापूर्वक सुधार गरिदिन आग्रह ग¥यो । 
सो अवसरमा मन्त्री महासेठले मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटासँग सल्लाह गरी एक घण्टाभन्दा बढी समयसम्म रोकिनुपर्ने स्थिति नहुने आश्वासन दिनुभयो । सापकोटाले हाल सो मार्गमा कालोपत्रे गर्ने काम भइरहेको पनि जानकारी दिनुभयो । 
सोही सिलसिलामा मन्त्री महासेठले टोखा–छहरे मार्गमा सुुरुङ निर्माण गर्न प्राथमिकता दिई चालु आवदेखि डिजाइनको काम गरिने जानकारी दिनुभयो । उहाँले निर्माणाधीन सडक आयोजना केन्द्रले पूरा गरी सम्बन्धित प्रदेशलाई हस्तान्तरण गरिने पनि बताउनुभयो । 
सो अवसरमा पूर्वसांसद गोविन्द नेपाली, नेकपाका नेता अच्युत पाण्डे, विष्णु लोहनी, केपी लामिछाने, पुरण आचार्य, राप्रपाका नेता भरत पाठक, अधिवक्ता कुमार अधिकारी, ध्रुव पाण्डेलगायतको सहभागिता थियो । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds