१६ चैत २०८०, शुक्रवार
(नेपाली समय)
१६ चैत २०८०, शुक्रवार
नेपाली समय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टरसहित चार जनामा कोरोना

दुई दिनका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

६ असार, घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना चिकित्सिक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अस्पतालले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।

अस्पताल परिसरलाई निसंक्रमण गर्नु पर्ने भएकाले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए । अस्पताल बन्दा हुँदा बिरामी तथा सर्वसाधारणलाई पर्न जाने असुविधाप्रति प्रतिष्ठानले क्षमा मागेको छ । साथै अन्य सरकारी तथा निजी अस्पतालहरुलाई प्रतिष्ठानबाट रिफर भएका विरामीलाई विशेष सुविधा दिई सेवा प्रवाह गरिदिन पनि अनुरोध गरिएको छ ।

अस्पतालको मेडिकल वार्डमा भर्ना भएका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि विरामीको हेरचाहमा संलग्न ४ जना डाक्टर, ११ जना नर्स र ६ जना स्वास्थ्यकर्मी गरी २१ जना होम क्वारेन्टिनमा बस्दै आएका थिए । उनीहरुको स्वाब संकलन गरी परीक्षण गर्दा एकजना चिकित्सक, दुईजना नर्स र एकजना स्वास्थ्यकर्मीमा शुक्रबार कोरोना पुष्टि भएको हो । उनीहरु दुई महिला र दुई पुरुष हुन् ।

कायम मुकायम रजिष्ट्रार देवका अनुसार संक्रमितहरु सबै प्रतिष्ठानको सम्पर्कमा छन् र उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

साभार :अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds