६ चैत २०८०, मंगलवार
(नेपाली समय)
६ चैत २०८०, मंगलवार
नेपाली समय

रौतहटमा एक महिलालाई घरबाटै अपहरण प्रयास

६ असार, रौतहट । रौतहटको गरुडा नगरपालिका मलाही टोलकी एक महिलालाई गएराति घरबाटै अपहरणको प्रयास भएको छ । आफ्ना छोराछोरीसँग रहेकी महिलालाई गएराति ९ बजे चार जनाको समूहले अपहरण प्रयास गरेका हुन् ।

महिलाका श्रीमान कामको सिलसिलामा गौरमा रहेको मौका छोप्दै चार जनाको समुहले अपहरणको प्रयास गरेको थियो । “घरमा बसिरहेको बेला अचानक चार जना आएर मुख थुन्दै बोकेर लग्न थालेका थिए,’ पीडित महिलाले भनिन्, ‘चारैतिरबाट घेरेर उनीहरुले जबरजस्ती घिसार्न थालेपछि गुहार माग्दै धेरैबेर कराएँ । होहल्ला सुनेर छिमेकीहरु आएपछि चारै जना भागे ।’

जबरजस्ती घिसार्न थालेपछि उनी बेहोस भएर लडेकी थिइन् । घटनापछि गौर अस्पतालमा उपचारका क्रममा रहेकी ३५ वर्षीया महिलाको शरीरका विभिन्न भागमा चिथोरेको घाउ छ । अपहरण गर्न आएका तीन जना गरुडा नगरपालिकाका र एक जना गढीमाई नगरपालिकाको भएको ती महिलाको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । ‘घटनाको रिपोर्ट आएको छ । विस्तृत बुझ्ने काम भइरहेको छ,’ खड्काले भने, ‘यस विषयमा हामी गम्भीर भएर अगाडि बढीरहेका छौं । घटनामा संलग्नहरु चाँडै नियन्त्रणमा आउने छन् ।’

लकडाउनको अवधिमा पछिल्लो समय रौतहटमा महिलामाथि हिंसाका घटनाहरु वृद्धि भएको तथ्यांकले देखाएको छ ।

साभार :अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds