१६ चैत २०८०, शुक्रवार
(नेपाली समय)
१६ चैत २०८०, शुक्रवार
नेपाली समय

लोकगायिका थापालाई धारिलो हतियार प्रहार गर्ने नार्कका वैज्ञानिक !

१५ साउन, ललितपुर । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को कर्मचारी अन्जु मगरले लोकगायिका सीता थापामाथि धारिलो हतियार प्रहार गरेकी छिन् ।

ललितपुरको धोबिघाट निवासी गायिका थापालाई शनिबार बिहान करिब ७ :३० बजे नार्कका कर्मचारी रहेकी उनकै जेठानी अन्जु मगरले धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएकी हन् ।

घाइते गायिका थापाले स्वास्थ्यअवस्था बुझ्न अस्पताल पुगेको सञ्चारकर्मीसँग आफू किचनमा खाना बनाउँदै गरेको बेला जेठानीले पछाडिबाट धारिलो हतियारले प्रहार गरेको बताइन् ।

अन्जु मगर, नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को वैज्ञानिक

घटनालाई घरायसी मामिला भन्दै सञ्चार माध्यमबाट टाढै रहन खोजेकी घाइते थापाले अन्ततः भनिन्, ‘सञ्चारमाध्यमबाट टाढा रहन खोजेकी थिएँ तर उल्टै मलाई घटना भएको दिनदेखि अनावश्यकरुपमा मानसिक दबाब दिने कार्य भयो र मैले मुख खोल्न बाध्य भएकी छु ।’

घाइते गायिका थापाको ललितपुरको पुल्चोकस्थित अल्का अस्पतालको सी – १ (C 1) मा उपचार भइरहेको छ । 

लोकगायिका थापाले मंगलबार (घटना भएको तीन दिनपछि) मात्रै आफूलाई धारिलो हतियार प्रहार गर्ने जेठानीविरुद्ध कार्वाहीको माग गर्दै महानगरीय प्रहरी परिसर, जावलाखेल, ललितपुरमा उजुरी दर्ता गराएकी छन् । 

अल्का अस्पतालले उनको स्वस्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिएको छ ।

घाइते थापाको जेठानी अन्जुले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफूलाई नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को वैज्ञानिक (Scientist at Nepal Agricultural Research Council ) भनी उल्लेख गरेकी छन् । 

घाइते लोकगायिका थापा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल’की संस्थापक कोषाध्यक्ष समेत हुन् ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds