१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

लोसपा बाँकेका ४९ जनाले एकै पटक दिए सामूहिक राजीनामा

१७ वैशाख, नेपालगञ्ज । पार्टीमा केन्द्रको हस्ताक्षेप हावी भएको भन्दै बाँकेमा लोकतान्त्रिक समाजवादी पार्टी ४९ जना नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।

पार्टीभित्र बिभिन्न तहमा जिम्मेवारी बाँडफाँड गर्दा भेदभावपूर्ण व्यवहार निरन्तर भइरहेको र जिल्लामा भएको समस्या समाधानका लागि पटक पटक जानकारी गराउँदा पनि समाधानमा कुनै सक्रियता नदेखाएको भन्दै लोसपा बाँकेका ४९ जना नेताहरु तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन ।

संविधान संशोधन विधेयक तथा नेपालगञ्ज विश्वविद्यालय विधेयक पारित गर्न असहयोग गर्ने नेकपा एमालेसँग सहकार्य गरेकाले पनि पार्टी छाड्नु परेको उनीहरुले बताएका छन् ।

जिल्लामा पार्टीका केन्द्रीय कार्यकारीणी सदस्य सवेन्द्रनाथ शुक्लाले मनपरी गरेको र स्थानीय निर्वाचनमा पार्टीको जिल्लास्तरको नेतृत्वसँग कुनै सुझाव सल्लाह नगरी कार्यकर्ताको मनोबल गिराउने खालको गतिबिधि भएकाले राजीनामा दिएको महिला नेतृ रेखा गुप्ताले जानकारी दिइन् ।

‘पार्टीभित्रको रवैया ठिक छैन, केन्द्रीय कार्यकारीणी सदस्य शुक्लाको मनपरी छ’, महिला नेतृ गुप्ताले भनिन, ‘आफूखुसी गरेका छन्, त्यसकारण आफूहरुले राजीनामा दिएका छौं । अझै करिब सय जना जति नेता तथा कार्यकर्ताले राजीनामा दिने तयारी छ ।’

राजीनामा दिनेहरुमा लोसपाका नेता एवं नेपालगञ्जका पूर्वमेयर तथा वरिष्ठ अधिवक्ता विजयकुमार गुप्तासमेत छन् ।

साभार : अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds