६ चैत २०८०, मंगलवार
(नेपाली समय)
६ चैत २०८०, मंगलवार
नेपाली समय

वामपन्थीको खोल ओढेका दक्षिणपन्थीहरुको पार्टीमा नअलमलिनुस् : ओली

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको खोल ओढेका दक्षिणपन्थीहरुको पार्टीमा नअलमलिन आह्वान गरेका छन्। पार्टीको सखुवासभाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादीहरुको पार्टीले दक्षिणपन्थीको खोल ओढेको भन्दै त्यहाँ नअलमिलन आग्रह गरेका हुन्।

‘वामपन्थी खोल ओढेका पार्टीमा साथीहरु अलमल नगर्नुहोस्। एमाले मात्रै परिवर्तन चाहने, देशमा उन्नती, प्रगति चाहाने, समामाजिक न्याय र समानता दिने पार्टी हो। वामपन्थी खोल ओढेर प्रक्रियावादी काम गर्ने दक्षिणपन्थीको सेवामा समर्पित हुने, कम्युनिष्ट पार्टी फुटाउने, सरकार ढाल्ने र आफूलाई दक्षिणपन्थी खेमामा समाहित गर्ने तत्व र तीनका पार्टीमा नअलमलिन आग्रह गर्छु,’ उनले भने।  उनले एमालेमा प्रवेश गरेपछि कुनै पश्चाताप नहुने र एमालेमा आउनु एउटा गर्वको विषय भएको बताए। 

साभार : अन्नपूर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds