६ चैत २०८०, मंगलवार
(नेपाली समय)
६ चैत २०८०, मंगलवार
नेपाली समय

वीरगन्जमा राजधानी माग्दै मुख्यमन्त्री घर अगाडि प्रदर्शन

क्रान्ति शाह

वीरगन्ज : प्रदेश २को स्थायी राजधानी वीरगन्जलाई बनाउन माग गर्दै यहाँका युवाहरुले मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि धर्ना दिदै प्रदर्शन गरेका छन्। वीरगन्ज महानगरपालिका—१३ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि आइतबार बिहान युवाहरुले धर्ना दिँदै प्रदर्शन गरेका हुन्। 

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का युवा नेताहरुको अगुवाइमा गरिएको प्रदर्शनमा सहभागीहरुले वीरगन्जलाइ राजधानी कायम गर, मुख्यमन्त्री चाहिँदैन वीरगन्ज बेच्न पाइँदैन, वीरगन्जवासी जिन्दावाद लगायतका नारा पनि लगाएका थिए। प्रदेश २ को स्थायी राजधानी टुङगो लगाउन प्रदेशसभामा सोमबार मतदान हुँदैछ। प्रदेश राजधानीका लागि अहिलेको अस्थायी राजधानी जनकपुरधाम र वीरगन्जगरी दुईवटा फरक—फरक प्रस्ताव पेश भएको छ। 

मुख्यमन्त्री राउत वीरगन्जकै भएपनि राजधानी जनकपुर बनाउन लागि परेको भन्दै यहाँका युवाहरुले मुख्यमन्त्री विरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनको अगुवाइ गरेका लोसपा पर्साका उपाध्यक्ष सुजित गिरीले वीरगन्जलाइ राजधानी बनाए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए। 

मुख्यमन्त्री राउतले मुख्यमन्त्रीको पद जोगाउन वीरगन्जलाइ धोका दिएर जनकपुरलाइ स्थायी राजधानी बनाउन लागि परेको प्रदर्शनमा सहभागी लोसपाका युवा नेता महादेव कुर्मीले बताए। उनले भने,‘लालबाबु राउतलाइ आफ्नो जन्मभूमी र कर्मभूमी वीरगन्ज भन्दा मुख्यमन्त्रीको पद नै प्यारो भएको छ, मुख्यमन्त्रीले वीरगन्जसंग गद्धारी गरिरहेका छन्। 

यसअघि गत मङगलबार नेपाली काँग्रेसलेपनि वीरगन्जलाइ राजधानी बनाउन माग गर्दै वीरगन्जमा बृहत दवाबमुलक जुलुश प्रदर्शन गरेको थियो। यस्तै लोसपाकै वीरगन्जका नेताहरुले पनि वीरगन्जमा जुलुश प्रदर्शन गर्नुका साथै मुख्यमन्त्री राउत र लोसपाका संसदीय दलका नेता एंव पूर्वमन्त्री जितेन्द्र सोनललाइ ज्ञापन पत्र बुझाएका थिए।   

साभार : अन्नपूर्ण पोस्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds