८ वैशाख २०८१, शनिवार
(नेपाली समय)
८ वैशाख २०८१, शनिवार
नेपाली समय

स्व विन्दु पाण्डे महिला पत्रकारिता पुरस्कार खड्कालाई

पर्सा, ५ असार (रासस) : स्व विन्दु पाण्डे महिला पत्रकारिता पुरस्कार २०७५ वीरगञ्जकी सञ्चारकर्मी कविता खड्कालाई प्रदान गरिएको छ । 

विन्दुदेवी पाण्डे स्मृति महिला पत्रकारिता पुरस्कार प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानले महिला सञ्चारकर्मी खड्कालाई नगद रु ११ हजार र प्रमाणपत्र प्रदान गर्नुभयो । 

उहाँले यही असार ९ गते वीरगञ्जमा बस्ने नेपाल पत्रकार महासंघ प्रदेश नं २का पदाधिकारीहरुको बैठकले श्रमजीवी पत्रकारको पारिश्रमिकदेखि उनका हकहित, साना लगानीमा सञ्चालनमा रहेका सञ्चारगृह र महिला पत्रकारको विकासका सवालमा केही निर्णय गरिने बताउनुभयो । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds