६ वैशाख २०८१, बिहीवार
(नेपाली समय)
६ वैशाख २०८१, बिहीवार
नेपाली समय

४० औं विश्व पर्यटन वर्षको अवसरमा पर्यटन मन्त्रिको शुभकामना सन्देश


आश्विन १०, काठमाण्डौं, ४० औं विश्व पर्यटन वर्षको अवसरमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय योगेश भट्टराई ज्यूले विज्ञप्ति निकाली शुभकामना व्यक्त्त गर्नु भएको छ ।
विज्ञप्तिमा उल्लेख गरिएको छ कि विशिष्ट प्राकृतिक भुवनोट, संस्कृति तथा सम्पदाको विविधताको कारण नेपाललाई पर्यटन क्षेत्रमा तुलनात्मक लाभ प्राप्त छ । संसारमै प्रशंसित नेपाली सम्पदाहरुको संरक्षण र प्रवद्र्वन गर्न प्रविधि तथा सृजनात्मक सोचको महत्तम उपयोग गरी विश्व पर्यटन बजारमा स्थापित आकर्षक गन्तव्यको छविलाई थप परिष्कृत गर्नु हाम्रो जिम्मेवारी भित्र रहेको छ । यसै सन्दर्भमा विश्व पर्यटन दिवस सेप्टेम्बर २७ लाई भब्यताका साथ मनाउन समय सापेक्ष कार्यक्रम र जागरण अभियानहरु सञ्चालन गरी तीनै तहका सरकार, निजी क्षेत्र र सम्बद्व समुदायका बीचमा सहकार्य र अन्तर्निर्भिता रहेको पाउँदा खुशी महशुश भएको छ ।
यस वर्षको विश्व पर्यटन दिवसको नारा “Tourism and Jobs: A Better Future For All ” लाई सार्थक बनाई राष्ट्रिय परिवेशमा रुपान्तरण गर्न पर्यटन क्षेत्रमा संलग्न जनशक्तिको दक्षता, कौशल, ज्ञान तथा आचरण सम्बन्धी क्षमता विकास गर्ने, यस क्षेत्रमा योग्यतम र गुणवान नयाँ जनशक्तिलाई आकर्षित गर्न आवश्यक देखिन्छ । रोजगारी तथा वैदेशिक मुद्रा आम्दानीको दीगो र उल्लेखनीय स्रोतको रुपमा समग्र पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा नेपाल सरकार प्रतिवद्घ रहेको छ ।
हरेक वर्ष कम्तीमा वार्षिक बीस लाख विदेशी पर्यटक नेपाल भित्राउने मूल लक्ष्य सहित नेपाल भ्रमण वर्ष २०२० अभियान अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक प्रवद्घन कार्यक्रमका साथै देश भित्र क्षेत्रको सहकार्यमा पर्यटक मैत्री वातावरणलाई थप प्रोत्साहन हुने कार्यक्रमहरु सञ्चालन गरिएका छन् । नेपालमा पर्यटकीय गतिविधि, उपज एवं सेवा प्रवाह कार्यमा साझेदारीका संयन्त्रलाई चुस्त, लचिलो र व्यापक वनाउन आवश्यक देख्दछु । पर्यटन क्षेत्रको वहुआयमिक विकासका लागि सरकारबाट शुरु गरिएका अभियानमा सधैंझै सम्बद्घ सबै क्षेत्रबाट पूर्ण सहयोग, सहकार्य र साथको अपेक्षा गर्दछु ।
नेपाल सरकारले पर्यटनका नविनतम गन्तव्यहरुको पहिचान, पूर्वाधार विकासका साथै स्थापित गन्तव्यहरुको संरक्षण र प्रवद्र्घनका कार्यक्रमहरु सञ्चालन गरिरहेकोछ । आगामी दिनमा जनता एवं सरोकार समुदायका सुझाव एवं विज्ञहरुको अध्ययन तथा सिफारिसका आधारमा नवप्रवर्धन र विकास सम्बन्धी योजना र कार्यक्रमहरुलाई तिब्रता दिईने प्रतिवद्घता प्रकट गर्दछु । पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिष्ठान सञ्चालन, आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण एवं स्तरोन्नती, क्षतिग्रस्त सम्पदाहरुको नवरपुनःनिर्माण, राष्ट्रिय ध्वजबाहकको रुपान्तरण गर्दै पहँुच र क्षमता विस्तार र समग्रमा पर्यटकको नेपाल बसाईलाई सुखद बनाउन आवश्यक पर्ने पूर्वाधार, सुरक्षा र आतिथ्यता सम्बन्धी कार्यक्रमहरु प्राथमिकताका साथ सञ्चालन गरीने विश्वास दिलाउन चाहन्छु ।
यस वर्षको ४० औं विश्व पर्यटन दिवसबाट नेपाली पर्यटन विकास, विस्तार र स्थायित्वमा नयाँ आयाम थप होस् र आगामी वर्ष पर्यटन क्षेत्रको लागि सुखद वर्षको रुपमा रहोस्, भन्दै सम्बद्घ सबैमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds