आई.एफ.बि.बि.का अन्तराष्ट्रिय खेलाडीद्वारा जिम क्लब उदघाटन

काठमाण्डौं १० असार : विरगन्जको घण्टाघर स्थित गोल्ड जिम क्लबको असार ९ गतेका दिन आई.एफ.बि.बि.का अन्तराष्ट्रिय खेलाडी अर्जुण वर्णवालको प्रमुख आतिथियमा रिबन काटि भब्यताका साथ उद्धघाटन गरिएको थियो । उक्त्त कार्यकक्रममा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक तथा नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला नेता मो.बसरुदिन अंसारी एवम विरगन्ज उधोग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ताको विशेष अतिथिमा सञ्चालन भएको थियो । दोस्रो बुल्समेन एवम १४ धर्मश्री २०१६ विजेता तथा एसियन आरनल्ड क्लासिक प्रतियोगिताका ७औं स्थान प्राप्त गर्न सफल भएका प्रमुख अतिथि अर्जुण वर्णवालले आफ्नो शाररिक सुसंगठनको खेल जिवन विरगन्जबाट मिस्टर नारायणीबाट सुरु गरेको त्यती खेर विरगन्जमा शारिरिक सुसंगठनको समान तथा खेलाडीहरुको अभाव रहेको र अफु पनि जुडो खेलको अन्तराष्ट्रिय पदक विजेता हुदैँ यस खेलमा प्रवेश गरेको र अब विरगन्जमा पनि अन्तरष्ट्रिय स्तरको जिम क्लबको स्थापना भैसकेको प्रमुख अतिथि अर्जुण वर्णवालले भन्नुभएको थियो ।
विरगन्जको घण्टाघरमा स्थापना भएको गोल्ड जिम क्लबमा विभिन्न आधुनिक स्तरको शारिरिक सुसंगठनका सामानहरु भएको जानकारी क्लबका उपाध्यक्ष आलोक मिश्राले दिनुभएको थियो । उक्त्त कार्यक्रममा शारिरिक सुसंगठनका खेलाडी तथा खेल प्रेमिको राम्रो उपस्थिति रहेको थियो ।
सन्तोष मरहट्टा, विरगन्ज

Leave a Reply

Your email address will not be published. Required fields are marked *