६ वैशाख २०८१, बिहीवार
(नेपाली समय)
६ वैशाख २०८१, बिहीवार
नेपाली समय

तुलसीपुर र घोराहीमा गठबन्धनको चुनाबी सभा आज : देउवा, प्रचण्ड लगाएतका शीर्ष नेता सहभागी

दाङ : गठबन्धन दलहरुले आइतबार दाङको तुलसीपुर र घोराहीमा बृहत चुनाबी सभा गर्न लागेका छन्। तुलसीपुरको अरनिको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनाबी सभा गर्न लागिएको काङ्ग्रेस दाङले जनाएको छ।  तुलसीपुर र घोराहीमा हुने चुनाबी सभाहरुलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल …पूरा पढ्नुहोस्

भरतपुरमा प्रतिष्ठाको लडाइँ

भरतपुर : देशभर चुनावको माहोल छ। राजनीतिक दलहरू हरेक स्थानीय तहमा प्रचारको धपेडीमा छन्। सिंगै मुलुकको मुख्य ध्यान भने एउटा महानगरपालिकामा छ, त्यो हो भरतपुर। किनभने, यसलाई सबै दलले विशेष प्रतिष्ठाको थलो ठानेका छन्। माओवादीले सत्ता गठबन्धनका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणुलाई दोस्रोपल्ट प्रमुखको उम्मेदवार बनाएको छ। एमालेले प्रदेश सांसद छोडाएर जिल्लामै कहलिएका नेता विजय सुवेदीलाई उनको …पूरा पढ्नुहोस्

एनभीए भलिबल क्लब लिग : एपीएफको जित

काठमाडौं : विभागीय टोली नेपाल एपीएफ क्लबले छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा पहिलो जित निकालेको छ। मंगलबार भएको महिलातर्फको खेलमा एपीएफले पहिलो जित निकालेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २७–२५, १३–२५, २५–२१, २५–२३ को सेटमा पराजित गरेको हो। महिलातर्फकै अर्को खेलमा बुटबलको एभरेष्ट क्लबले …पूरा पढ्नुहोस्

विराटनगरमा कांग्रेसको चुनावी सभा, प्रधानमन्त्री देउवाले पनि सम्बोधन गर्ने

२१ बैशाख, विराटनगर । चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आज विराटनगर आउँदैछन् । विराटनगर महानगरपालिका लक्षित चुनावी सभालाई सम्बोधन गर्न देउवा विराटनगर आउने भएका हुन् । उनीसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मा पनि आउनेछन् । दिउँसो १२ बजे पुष्पलाल चोकमा हुने चुनावी सभालाई सभापति देउवा, काङ्ग्रेस …पूरा पढ्नुहोस्

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

२० वैशाख, काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुनको खरिद बिक्री मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्यमा कुनै परिवर्तन नआएको महासंघको भनाइ छ …पूरा पढ्नुहोस्

क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम बैंक खातामा ट्रान्सफर गर्न नमिल्ने

काठमाडौं : प्रयोगकर्ताले क्रेडिट कार्डको दुरुपयोग गरेको भन्दै नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ। भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन– २०७८ संशोधन गरी वालेटमा रकम लोड गर्दा अनिवार्य प्रयोजन खुलाउनुपर्ने व्यवस्था गरेको हो। क्रेडिट कार्डमा रकम लोड गरेर बैंक खातामा रकम पठाएर झिक्ने क्रम बढेकाले कडाइ गरिएको राष्ट्र बैंक भुक्तानी व्यवस्थापन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए। क्रेडिट कार्डबाट …पूरा पढ्नुहोस्

निर्माण व्यवसायीका समस्या समाधान गर्छौं : मन्त्री झाँक्री

२० वैशाख, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएकी छिन् । निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै मन्त्री झाँक्रीले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताइन् । अहिले निर्माण व्यवसायीहरु मूल्यवृद्धिको सम्बोधन गर्न ठेक्काकहरुमा मुल्य समायोजन हुनुपर्ने भन्दै ‘कन्स्ट्रक्सन होलिडे’मा छन् । यसले विकास निर्माणको काम लगभग …पूरा पढ्नुहोस्

भारतमा एकैदिन ३१ सय ५७ जनामा कोरोना संक्रमण, २६ को मृत्यु

नयाँ दिल्ली : भारतमा पछिल्लो २४ घन्टामा थप ३१ सय ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसहित भारतमा कोरोना सक्रिय संक्रमितको संख्या १९ हजार ५ सय पुगेको छ। पाँच राज्यमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको बताइएको छ। दिल्‍लीमा सबैभन्दा बढी १४ सय ८५ संक्रमित भेटिएका छन्।  हरियाणामा ४७९,केरलामा ३१४, उत्तर प्रदेशमा २६८ र महाराष्ट्रमा १६९ जनामा …पूरा पढ्नुहोस्

१७० वटा वडामा दलित महिला सदस्यमा मनोनयन परेन, ३३५ पदमा निर्विरोध

१९ वैशाख, काठमाडौं । विभिन्न स्थानीय तहका १७० वटा वडामा दलित महिला सदस्य पद रिक्त हुने भएको छ । निर्वाचन आयोगले ती ठाँउमा एकजना पनि उम्मेदवार नभएकाले पद खाली हुने अवस्था भएको जनाएको हो । केही हिमाली जिल्ला , काठमाडौं उपत्यकाका केही वडा लगायतका ठाँउमा महिला उम्मेदवारको मनोनयन नपरेको हो । निर्वाचन आयोगको सोमबारको पत्रकार …पूरा पढ्नुहोस्

राप्रपालाई नजरअन्दाज गरे राजनीतिक शक्ति सन्तुलन हुँदैन : लिङ्देन

१९ वैशाख, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताएका छन् । गृहजिल्ला झापाको कचनकवल घेराबारीमा आयोजित आमसभालाई आइतबार सम्बोधन गर्दै लिङ्देनले राप्रपा मूल राजनीतिक शक्तिको रुपमा उदाएको दाबी गर्दै अब राप्रपालाई नजरअन्दाज गर्न नमिल्ने बताएका हुन् । राप्रपाले अघिल्लो निर्वाचनमा कचनकवल गाउँपालिकामा विजय हासिल …पूरा पढ्नुहोस्

नेकपा एस दैलेखका उपसचिव लामिछाने र सदस्य रोहित एमालेमै फर्किए

दैलेख : नेकपा (एकीकृत समाजवादी) पार्टी दैलेखका उपसचिव अमृता लामिछाने मगर नेकपा एमालेमै फर्किएकी छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले एमालेमै फर्किएको जानकारी गराएकी हुन् । उनीसँगै नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटी सदस्य रोहित लामिछाने मगर पनि एमालेमै फर्किएका छन् ।  रोहित नेकपा (एकीकृत समाजवादी) पार्टी निकट अनेरास्ववियूको जिल्ला अध्यक्ष समेत हुन् । …पूरा पढ्नुहोस्

पाल्पामा एमाले र कांग्रेस कार्यकर्ताबीच कुटाकुट, दोष एकअर्कालाई

१९ वैशाख, पाल्पा । स्थानीय तहको चुनाव प्रचारको क्रममा पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यसको दोष भने दुवै पार्टीले एकअर्कालाई लगाएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति निकालेर कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर कांग्रेसको झण्डा सहितका १ सय २० जना जतिको समूह आएर चुनाव प्रचार गरिएकामाथि …पूरा पढ्नुहोस्

एनभीए राष्ट्रिय भलिबल क्लब लिग : गण्डकी र पुलिसको जित

काठमाडौं : गण्डकी प्रदेश र नेपाल पुलिस क्लबले छैटौं एनभीए राष्ट्रिय भलिबल क्लब लिगमा विजयी सुरुवात गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो खेलमा गण्डकीले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हरायो। प्रतिस्पर्धात्मक खेलमा गण्डकीले ढोरपाटनलाई २५–१६, २३–२५, २५–१९, २६–२४ ले स्तब्ध बनायो।  यसैगरी अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले गल्कोट स्पोर्ट्स क्लबलाई …पूरा पढ्नुहोस्

स्थानीय तहका उम्मेदवार २१ देखि ९४ वर्षसम्मका

१९ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा प्रौढ उम्मेदवारहरुको बाहुल्य देखिएको छ । निर्वाचन आयोगले प्रशोधन गरेको प्रारम्भिक आँकडा अनुसार उम्मेदवारहरु २१ वर्षदेखि ९४ वर्ष उमेरसम्मका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिकाकी उपाध्यक्षकी उम्मेदवार निशा थारु २१ वर्षकी छन् । उनले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी हुन् । यसैगरी मोरङको जहदा गाउँपालिका वडा नम्बर ७ का वडा …पूरा पढ्नुहोस्

अकासियो कर्जाको ब्याजदर

काठमाडौं : कर्जाको ब्याजदर पछिल्लो हरेक त्रैमास पिच्छे बढिरहेको छ। बैंकहरूको आधारदर बढेसँगै कर्जाको ब्याजदरमा दबाब परेको हो। यसो हुँदा ऋणीहरूलाई वैशाखदेखि कर्जाको ब्याजदरको भार झन् बढी परेको छ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा समग्र वाणिज्य बैंकहरूको आधारदर वार्षिक औसत २.१९ प्रतिशत विन्दुले बढेर चैत्रमा औसत ९.१० प्रतिशत पुगेको छ। जबकि गत आवको चैत्रमा औसत ६.९१ प्रतिशत …पूरा पढ्नुहोस्

सशस्त्र र नेपाल प्रहरीका आईजीपीले लगाए दर्ज्यानी चिह्न

१९ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले आज दर्ज्यानी चिह्न लगाएका छन् । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहलाई गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले दर्ज्यानी चिह्न लगाइदिएका हुन् । अर्याल र सिंहलाई आइतबारको मन्त्रिपरिषद बैठकले महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो …पूरा पढ्नुहोस्

मिथिलामा एमाले विवाद उत्कर्षमा : बैठकमै रघुवीर महासेठलाई हुलहुज्जत

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकामा नेकपा एमाले भित्रको विवाद उत्कर्षमा पुगेको छ। अन्तिम समयमा निवर्तमान मेयर हरिनारायण महतोको टिकट खोसिएपछि सुरु भएको विवाद चरम उत्कर्षमा पुगेको हो। आइतबार लालगढस्थित पुकार होटेलमा बसेको चुनाव परिचालन कमिटीको बैठकमा पुगेका एमालेका केन्द्रीय सचिव रघुवीर महासेठलाई हरिनारायण पक्षधर कार्यकर्ताहरुले हुलहुज्जत गरेका छन्। उनीहरुले बैठकमै महासेठ विरुद्ध चर्को नाराबाजी गरेका थिए। …पूरा पढ्नुहोस्

सामाजिक सञ्जालमा उम्मेदवार र दललाई लाञ्छना लगाए कारबाही

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दललाई लक्षित गरी सामाजिक सञ्जालमा गलत सूचना वा द्वेषपूर्ण अभिव्यक्ति दिएमा कारबाही गर्ने चेतावनी दिएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी गलत, भ्रामक, चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने खालका सामग्री सामाजिक सञ्जालमा पोष्ट हुँदा निर्वाचनको स्वच्छता, स्वतन्त्रता …पूरा पढ्नुहोस्

आईपीएलमा चेन्नाई १३ रनले विजयी

१९ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई १३ रनले हराएको छ । महेन्द्र सिंह धोनीले कप्तानी सम्हालेपछि चेन्नाईले जितेको यो पहिलो म्याच हो । यसअघि आठ खेलमध्ये चेन्नाईले दुई खेलमात्रै जितेको थियो । टस जितेर हैदरावादले चेन्नाईलाई ब्याटिङको निम्तो दिएको थियो । ओपनर ऋतुराज गायकवाड र डेभोन कोनवेबीच पहिलो …पूरा पढ्नुहोस्

आकाशमा उडिरहेको विमान एक्कासी हल्लिँदा ४० जना घाइते, १० को अवस्था गम्भीर

नयाँ दिल्ली : भारतमा स्पाइस जेटको विमान दुर्घटना हुनबाट जोगिएको छ। आइतबार पश्चिम बंगालको दुर्गापुरस्थित काजी नजरुल इस्लाम एयपोर्टमा ल्यान्डिङ गर्नुअघि बेस्सरी आएको आँधीले विमान हल्लाएको भारतीय सञ्चार माध्यहरुले जनाएका छन्। हावाहुरीका कारण विमान अत्यधिक हल्लाएको र भित्रको सामान झर्दा कम्तिमा ४० जना घाइते भएका छन्। तीमध्ये १० जना गम्भीर रहेको इन्डिया टुडेले जनाएको छ। उनीहरुलाई नजिकैको अस्पतालमा …पूरा पढ्नुहोस्

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds