



विरगन्ज ११ माघ, गृह मन्त्रालय र कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा २ दिने प्रादेशिक सुरक्षा गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रममा सम्बोधन गर्दै माननीय गृहमन्त्री श्री राम बहादुर थापा (बादल)ले समृद्वि र विकारका लागि सुशासन अनिवार्य भएको, देशको अर्थतन्त्रका सूचकहरु सकारात्मक र सुधारोन्मुख रहेको, सुशासन कायम गर्न शान्ति सुरक्षा र अमनचयन जरुरी भएकोले मन्त्रालयले यसमा विशेष जोड दिएको कुरा बताउनु भएको थियो । भष्ट्राचार र अनियमितता बिरुद्वको अभियान निरन्तर अगाडि बढी रहेको र यसमा सरकारले शुन्य सहनशिलताको नीति अवलम्बन गरेको बताउनु भएको थियो । भौतिक पूर्वाधारका क्षेत्रमा योगदान पुर्याउने उद्देश्य बमोजिम नेपाल सरकार र अमेरिकी सरकारबीच विगत सरकारकै पालामा MCC सम्झौता भएको र सो सम्झौताको केही बुँदामा पुर्ण विचार गरेर पश्चातमात्र संसदको अधिवेशनबाट पारित हुने विश्वास व्यक्त गर्नु भएको थियो । अपराध मुक्त समाज निर्माणमा सरकारको ध्यान केन्द्रीत रहेको र कानून भन्दा माथि कोही हुदैन भन्ने सन्देश प्रवाह भईरहेको, साथै राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिक तथा अन्य जुनसुकै आवरणमा हुने अपराधजन्य कार्य नियन्त्रण गर्न सरकार प्रतिबद्व रहेको र यसमा कोही कसैसँग सम्झौता नहुने कुरा बताउनु भएको थियो ।
उक्त्त गोष्ठी माघ १० र ११ गते कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न भएको थियो । गोष्ठीमा सो प्रदेश अन्र्तगतका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगाएत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । गोष्ठीको अध्यक्षता कार्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय श्री नरेश भण्डारी ज्यूले गर्नुभएको थियो तथा उक्त्त गोष्ठीमा नेपाल सरकार गृह मन्त्रि माननीय श्री राम बहादुर थापा (बादल)को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । गोष्ठीमा गृह सचिव प्रेम राई, कर्णाली प्रदेशका मुख्य मन्त्रि माननीय श्री महेन्द्र बहादुर शाही, कर्णाली प्रदेशका मुख्य सचिव केवल प्रसाद भण्डारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल राष्ट्रिय अनुसन्धानका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।