१६ चैत २०८०, शुक्रवार
(नेपाली समय)
१६ चैत २०८०, शुक्रवार
नेपाली समय

योग गर्न छैनन् खुला स्थान

काठमाडौैँ, ७ असार (रासस) : योगाभ्यासका लागि खुला स्थान नभएको गुनासो बढेको छ । 
चाँैथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयुर्वेद विभागले आयोजना गरेको कार्यक्रममा सरोकारवालाले नेपाललाई आयुर्वेद र योगको उद्गमस्थल भनिए पनि अहिले योगका लागि सार्वजनिक स्थानको अभाब भएको बताउनुभयो । 

छिटफुटरुपमा योगहल भए पनि ठूलो संख्यामा जनताले योग गर्न खुला स्थान नभएको गुनासो गर्दै आएका छन् । विश्वमै पछिल्लो समय नसर्ने रोग, मानसिक तनावका कारण मानिसको जीवन कष्टकर बन्दै गएको अवस्थामा योगाभ्यासले त्यसलाई रोक्ने विश्व स्वास्थ्य संगठनलेसमेत स्वीकार गरिसकेको छ ।योग साधनाबाट जीवनमा सकारात्मक ऊर्जा प्राप्त भई स्वस्थ जीवन बाँच्न सहयोगी हुने बताइन्छ । 

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले योग र आयुर्वेद परिपूरक भएकाले दुबैलाई सँगैसँगै विस्तार गरिनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपालमा आयुर्वेदको समयमै योगको विकास हुन सकेको भए सबै स्वस्थ हुन्थ्ये, यी महत्वपूर्ण विषयलाई हामीले पनि प्राथमिकतामै राखेनौँ ।” 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योगको विकासमा योगमायाले समाधि लिएको संखुवासभामा योगमाया आयुर्वेद विश्वविद्यालय निर्माण गरिने बताउनुभयो । 

उहाँले स्वास्थ्य मन्त्रालयले पुराना उपचार पद्धतिको खोजी गरी त्यसको विकास र विस्तार गर्न सुझाव दिनुभयो । 

आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले योगाभ्यासकै लागि स्वास्थ्य सेवा विभाग परिसरमा योग केन्द्र निर्माण गरिने बताउनुभयो । 

विभागमा कार्यरत कर्मचारीका लागि योग हल बनाउने निर्णय भएको र पचास जनासम्म अट्ने उक्त स्थानमा मेडिटेसन पनि गर्नसक्ने बताउँदै उहाँले योगको जनचेतना विद्यालयस्तरबाटै हुनुपर्छ भन्ने सोचले विद्यालयमा योग शिक्षा शुरु गर्न लागिएको भएको जानकारी दिनुभयो । 

सो अवसरमा उपप्रधानमन्त्री, शिक्षामन्त्रीसहित स्वास्थ्य मन्त्रालय, विभागका कर्मचारी, सर्वसाधारणले योगाभ्यास पनि गर्नुभएकोे थियो । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds