९ वैशाख २०८१, आइतवार
(नेपाली समय)
९ वैशाख २०८१, आइतवार
नेपाली समय

राजी, वादी, दलित, सीमान्तकृतलाई उचित बसोबास माग

धनगढी, २८ जेठ (रासस) ः प्रदेश नं ७ को सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आव २०७५÷०७६ को नीति तथा कार्यक्रममाथि आज दोस्रो दिन पनि छलफल जारी रह्यो ।

नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिँदै सदस्यले प्रदेशमा रेलमार्ग निर्माण, धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने तथा बन्द विमानस्थलको सञ्चालन गर्नुपर्ने, पहाडबाट तरार्ईमा हुने बसाइँसराइलाई व्यवस्थित गर्न नयाँ नीति बनाउनुपर्ने जस्ता विषयलाई पनि प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो ।

उहाँहरुले राजी, वादी, दलित, महिला, सीमान्तकृत, अल्पसंख्यकलाई उचित बसोबास, शिक्षा, स्वास्थ्यको व्यवस्थाका साथैसामाजिक सुरक्षा कार्यक्रममा समेटिनुपर्ने सुझाव दिनुभयो ।

नेपाली काँग्रेसकी अम्बिकुमारी थापाले अछामको विनायक नगरपालिका क्षेत्रमा यही जेठ २४ गते आएको पहिराका कारण स्थानीय २१ घरका परिवारको बिचल्ली भएकाले पीडित परिवारलाई उचित बास र राहतको व्यवस्था गर्न माग गर्नु भयो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कुलवीर चौधरीले कञ्चनपुरको बेलौरी नगरपालिकाका जंगबहादुर शाहीका घरमा केही दिनअघि अनधिकृत रुपमा आएका भारतीय सुरक्षाकर्मीले दुव्र्यवहार गरेको बताउँदै यस्ता घटना रोकेर सीमामा बस्ने नेपालीको सुरक्षा व्यवस्था मिलाउन ध्यानाकर्षण गराउनुभयो । नेकपाकै कृष्णराज सुवेदीले कैलालीको अत्तरियास्थित सशस्त्र प्रहरीको वाहिनी कार्यालयका प्रहरीबाट गरिने व्यवहारबाट आसपासका बासिन्दा पीडित भइरहेको भन्दै उक्त कार्यालय अन्यत्रै सार्न माग गर्नुभयो ।

नीति तथा कार्यक्रममाथिको छलफलमा गेल्बुसिं बोहरा, कुन्ती जोशी, गोविन्दराज बोहरा, मीनाकुमारी साउद, उमाकुमारी वादी, प्रेमप्रकाश भट्ट, देवकी मल्ल, नन्दा बम, प्रकाश रावल, माया तामाङ, सुशीला बुढाथोकी, टेकबहादुर रैकाआउजी र बलबहादुर सोडारी सहभागी हुनुहुन्थ्यो ।

2018-06-11 21:00

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds