१६ वैशाख २०८१, आइतवार
(नेपाली समय)
१६ वैशाख २०८१, आइतवार
नेपाली समय

निर्वाचन अनुगमन गर्न २० हजार पर्यवेक्षक खटिने

काठमाडौं : निर्वाचन पर्यवेक्षण समिति नेपाल (ईओसी नेपाल)ले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्यवेक्षण गर्ने भएको छ। यसको लागि समितिले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर समितिले स्थानीय तहको निर्वाचनको लागि आफ्नो संस्थाबाट ४० जिल्लामा ४० जना पर्यवेक्षकहरु लामो समयका लागि नियुक्त गरी परिचालनसमेत गरिसकेको जनाएको हो।

ईओसी नेपालका अध्यक्ष प्रदीप पोखरेलले २०७० सालमा संस्था स्थापना भएको उल्लेख गर्दै संविधानसभाको निर्वाचन र त्यसपछि भएका निर्वाचनमा पनि आफ्नो संस्थाले पर्यवेक्षणको भूमिका खेलेको बताए। उनले ७७ जिल्लामध्ये ४० जिल्लामा लामो समयका पर्यवेक्षक पठाइसकेको जानकारी दिए। निर्वाचनमा सबै पर्यवेक्षण संस्थाका गरेर २० हजार पर्यवेक्षकहरु खटिने अनुमान रहेको उनले बताए।

निर्वाचनको क्रममा ईओसी नेपालले विभिन्न क्षेत्र र विषयगत रुपमा आफ्नो ध्यान केन्द्रीत गर्ने पनि जनाएको छ। ईओसी नेपालले निर्वाचनको क्रममा निर्वाचनमा उम्मेद्वारी चयनदेखि मतपरिणामको घोषणासम्मका प्रक्रिया र गतिविधिहरु नियाल्ने जनाएको छ।

साभार : अन्नपुर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds